काठमाडौं- नेपालका एक युवाले वित्तिय साक्षरतामा उत्कृष्ट काम गरेवापत 'युथ फाइनान्सियल एजुकेशन अवेरनेस अवार्ड' जितेका छन्।उक्त अवार्ड नेदरल्याण्डको चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेशनलले प्रदान गर्ने गर्छ। दोलखाका प्रकाश कोइरालाले उक्त अवार्ड जितेका हुन्। उनलाई व्रीटिस संसदको माथिल्लो सदन 'हाउस अफ लर्डस' मा एक समारोहकाबीच उक्त अवार्ड प्रदान गरिएको थियो। अर्थ फाउन्डेसनमा आवद्व कोइरालाले समुदायमा वित्तिय साक्षरताबारे निशुल्क जानकारी गराउँदै आएका थिए।
प्रकाशित: २५ मंसिर २०७२ ०६:३९ शुक्रबार