एनआरएन प्रमुख संरक्षक जीवा लामिछानेको नेतृत्वमा भएको विरोध प्रदर्शनीमा एनआरएन जर्मनी, त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अघि जम्मा भएर भारतविरुद्ध नाराबाजी गरेका थिए।
विहीबार दिउँसो भएको प्रदर्शनमा भाग लिन जर्मनीका बिभिन्न शहरबाट नेपालीहरु बर्लिनमा जम्मा भएका थिए। गैरआवासीय नेपाली संघका सल्लाहार पुष्प थापाका अनुसार प्रदर्शनपछि भारतीय दूतावासमा विरोध पत्रसमेत बुझाएको छ। थापाले भारतले लगाएको नाकाबन्दीको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जानकारी दिए। ज्ञापनपत्रमा भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा प्रत्यक्ष असर पर्दा मानवीय संकट आउने खतरा रहेको उल्लेख गरिएको छ।
पत्रमा नाकावन्दीले नेपालको निर्वाध पारवाहन अधिकारको हनन भएको, विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मुल्य र मान्यतालाई उल्लंघन गरेको भन्दै तत्काल नाकाबन्दी फुकुवा गर्न आग्रह गरिएको छ । प्रदर्शनीमा विद्यार्थी, व्यवासायी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, जर्मनीस्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको व्यापक सहभागिता छ ।
भिडियोः
प्रकाशित: ३ मंसिर २०७२ ०८:१४ बिहीबार