प्रवास

पाराओलम्पिकमा छनौट भएका चौधरी र अर्याल जापानमा सम्मानित

टोकियो– सन् २०१६ मा ब्रजालिमा हुने अन्तर्राष्ट्रिय पाराओलम्पिकमा छनौट भएका कृष्णराज चौधरी र ज्योति आर्याललाई टोकियोमा सम्मान गरिएको छ।शारीरिक रूपमा अशक्त भएर पनि देशको नाम उच्च बनाएको भंदै नेपाल जापान पिस सोसाइटीले खेलाड़ीहरूलाई सम्मान गरेको हो। जापानका लागी नेपाली राजदूत को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल र जापानी समुदायका अगवाहरूले खेलाडीलाई बधाई तथा शुभकामना दिए।

'ब्राज़ीलमा पनि नेपाली झन्डा फहराउने छौुं, राष्ट्रिय खेलाड़ि कृष्णराज चौधरी नागरिकन्युजसँग भने, 'जापानबासी नेपालीहरूको मायाले झन ऊर्जा थपिएको छ।'

नेपालमा ८ वर्ष पहिले आफैँले दिएको व्हिलचियरबाट दौड शुरूगरेका कृष्णराज चौधरी अहिले ओलम्पिकको यात्रा तय गर्दा आफ्नो सहयोग सार्थक र जीवन धन्य भएको कुरा कपिलदेव थापाले बताए। खेलाडीबाटै प्रशंसा हुँदा वातावरण भावुक बनेको थियो।

कार्यक्रममा उपस्थित हिताची कम्पनीका मियोको कोजीमा, टोकियो महानगरका काउन्सुलर माचूसिमा मिचीमासा, तोकोहा विश्वविद्यालयका प्राध्यापक मासायुकी वातानावे, रेओगो कु वार्ड अध्यक्ष मिचुमूरा मासायाकी, सिंग फ़र नेपाल की गायिका सोजीफूमी हाना, लगायत जापानी नागरिकहरूले वधाई तथा शुभकामना दिइएको थियो।

शुभकामना दिँदै समाजसेवीहरू विनोद शेरचन, आनन्द बहादुर क्षेत्री, भूपि गोविन्द श्रेष्ठ, सञ्जिब पोखरेल, गोकुल पन्त गायतले राष्ट्रिय खेलाडीलाई भेट्दा खुशी लागेको बताएका थिए।

नेपाल जापान पिस सोसाइटी का अध्यक्ष बलराम श्रेष्ठले खेलाड़िहरूको ज़ीतले नेपाललाई अपांगमैत्री बनाएको उल्लेख गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०७२ ०१:३० आइतबार