उनी पूर्व अमेरिकी सैनिक हुन्।
उमुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निशुल्क खानेकुरा बितरण गरिएको थियो। झन्डै १ दशकदेखि अमेरिका बस्दै आएका गौतम साढे चार बर्ष अमेरिकन सेनाको तर्फबाट ईराक र अफगानिस्थानमा समेत सेवा गरेका थिए।
नेपालमा उनकाे घर झापा हो।
पसल जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै सेसापिक शहरमा परिवार सहित बसोबास गर्ने भएकोले नरफोक शहर नजिक र पायकपर्ने बताउँदै उनले याे स्थान छनौट गरेको बताए।
अमेरिकाको सेवेन-ईलेवेन सहुलियत पसलले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेन्चाइज स्टोर्स प्रतिस्पर्धामा सामाजिक संजाल फेसबुक अन्तर्गत भएको प्रतिस्पर्धामा गौतम उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए।
उक्त रकम नगद नभएर पसल स्वामित्व हुने नियमअनुसार उनले पसल पाएका हुन्। पसलको स्वामित्व हस्तान्तरण हुनु अगाडि लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन-एलेवेनलाई तिर्नु पर्ने रकम भएको बताउँदै अन्य कुराहरुमा पसल लिने धनीले लगानी गर्नु पर्ने गौतमले बताए।
अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० वटा भन्दा बढी देशहरुमा सहुलियत पसलहरु सञ्चालनमा रहेका छन्। अमेरिकामा ग्यास स्टेसन विशेष रूपमा सञ्चालित छन्।
प्रकाशित: २६ कार्तिक २०७२ ००:०६ बिहीबार