प्रवास

सुदूर पश्चिम समाज जापानमा चलाउने

टोकियो— सुदूरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली भन्ने नाराका साथ २ वर्ष अगाड़ि जापानको राजधानी टोकियोका स्थापना भएको सुदूर पश्चिमेलि समाज जापानको तेस्रो अधिवेशनले पूर्ण चलाउनेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।आइतबार टोकियोमा सम्पन्न अधिवेशनले समाजको २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व छानेको हो। जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भाएको अधिवेशनमा समाज राष्ट्रको लागि केही गर्न चाहनेहरूलाई दूतावासको सहयोग निरन्तर रहने बताए।

समाजका नवनिर्बाचित अध्यक्ष पूर्ण चलाउनेले जापानमा नेपालीहरूको सुखदु:खमा साथ दिने बताए। सुदूरपश्चिमको पर्यटन प्रबर्दन र शिक्षा क्षेत्र अबको २ बर्ष केन्द्रित रहने उनले जनाए।

जापानमा नेपालीहरुका ८० भन्दा बढी समाजिक संस्थाहरू रहेका छन्। नेपाली समुदायमा गठन भएका यस्ता संस्थाहरुले जापनमा सांस्कृतिक गतिविधि गर्नुका साथै अप्ठ्यारो परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्।

प्रकाशित: २४ कार्तिक २०७२ ०१:३२ मंगलबार