प्रवास

टोकियोमा नेपाली मौलिक संस्कृति र खानाबारे जानकारी

टोकियो— जापानको राजधानी टोकियो सनिबार आयोजित अन्तराष्ट्रिय संस्कृति महोत्सवमा नेपाली संस्कृति,गीत संगीत,नृत्य र मौलिक नेपाली स्वाद का परिकार हरूको बारेमा जानकारी गराइएको छ।टोकियो ओता कु(वार्ड कार्यालय) ले आयोजना गरेको सो महोत्सवमा बेलायत,दक्षिण कोरिया,चीन,कंगो,जापान,पाकिस्तान लगायतका मूलकहरूले सहभागिता जनाएका थिए।

विदेशहरूको बाक्लो बसोबास रहेको सो वार्डद्वारा आयोजित महोत्सवको संयोजन भने जापानमा नेपालीहरूको सुखदुखमा साथ दिँदै आएका जापानी नागरिक कोबायासि हीरो आकीले गरेका हुन्।

१ हजार भन्दा धेरै दर्शक़ले सहभागिता जनाएको सो महोत्सबको सञ्चालन जापानबासी नेपाली नागरिक बिष्णु भण्डारीले गरेका थिए।

संगीत संयोजन टीका छन्त्यालले गरे। 'बिभिन्न मूलकका नागरिकहरूका माझ आफ्नो कला संस्कृति, भेषभूसा आदि बारेमा जानकारी गराउन पाउँदा खुशी लाग्यो', महोत्सव संचालन गरेका भण्डारीले भने।

प्रकाशित: २२ कार्तिक २०७२ ०८:३८ आइतबार