त्यहाँ कार्यरत् काठमाडौं जोरपाटी निवासी प्रेमवुटिक शर्पा, बौद्ध निवासी थेन्जिङ लामा, मधुमाला १ निवासी सीतादेवी गौतम, विराटचौक ८ निवासी गोमा राई (गौतम) लगायतका नेपाली कामदारसँग जनही १३५० अमेरिकी डलर र १०० सेकेलका दरले उठाइ फरार भएको एनआरएन इजरायलका कार्यबाहक अध्यक्ष नयन्द्र चेमजोङले जानकारी दिए।
इजरायलमा कियर गिभरका रुपमा कार्यरत् निज लिम्बूले न्युजिल्यान्ड निवासी आफ्ना बाबु पूर्णबहादुर लिम्बूमार्फत् केयरगिभरको भिसा निकाली लैजाने झुटो आश्वासन दिएको चेमजोङले बताए।
माइती गाउँको हुनेखाने र चिनजानको मान्छे भएकाले विश्वास गरेको अन्य साथीहरुसँगै आफूले पनि पैसा दिएको पीडित गोमा राईलाई उदृत गर्दै उनले भने।
- सन्तोष न्यौपाने
प्रकाशित: २५ पुस २०६६ ००:०५ शनिबार