प्रवास

एनआरएनको कोषाध्यक्षमा चिरञ्जीवी थापाको उम्मेदवारी

काठमाडौं- गैर आवासीय नेपाली (एनआरएन) जापानका सल्लाहकार चिरञ्जीवी थापाले आइसीसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समय एनआरएनमा सक्रिय थापाले संस्थालाई थप शसक्त र सक्षम बनाउनका लागि आफूले उम्मेद्‍वारी घोषणा गरेका बताए।एनआरएनको संस्थागत विकासमा सामूहिक नेतृत्वको भूमिका खेल्दै पारदर्शी कोष प्रणालीलाई व्यवस्थित बनाउनका लागि आफूले उम्मेद्वारी दिएको थापाले बताए। नेपालको नवनिर्माणका लागि विभिन्न देशबाट आर्थिक स्रोत जुटाउने, देशमा भइरहेको आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पहल गर्ने, देशमा बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याएर आर्थिकरुपमा सम्पन्न बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने जस्ता एजेण्डा लिएर चुनावी मैदानमा आएका छन्।

नेपालबाट विभिन्न देशको रोजगारीमा गएका कामदारको हक, हित र सुरक्षालाई उच्च प्राथमिकता दिएको थापाले बताए। 'अहिले पनि नेपालबाट मलेशिया तथा खाडी मुलुकको रोजगारीमा गएका नेपाली कामदारको अवस्था एकदमै दयनीय छ,' उनले भने, 'उनीहरुको सामाजिक सुरक्षाका तथा काम अनुसारको दामका लागि सम्बन्धित मुलुकका रोजगारदाता र सरकारसँग लविङ गर्नेछु।'

प्रकाशित: २१ आश्विन २०७२ ००:१३ बिहीबार