प्रवास

संविधान घोषणाको खुशियालीमा एनआरएन अफ्रिकाको दीपावली

काठमाडौं– नेपाल अधिराज्यको संविधान २०७२ घोषणा भएको खुशियालीमा विश्वभरि नै रहेका गैरआवासीय नेपाली (एनआरएन) हरुले खुशियाली मनाएका छन्। एनआरएन अफ्रिका स्थित राष्ट्रियि सिमितिहरुले स्याम्पियन फुटाएर खुशियाली मनाएका छन्।

संघका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार नाइजेरिया राष्ट्रिय समितिले लेगोसमा, केन्याले नैरोबीमा र युगान्डाले कम्पालामा छुट्टा छुट्टै कार्यक्रम गरी संविधानको स्वागतमा कार्यक्रम र दिपावली गरेका छन्। संघका अरु शाखाहरुले पनि उत्साह साथ कार्यक्रम गर्दैछन्।

प्रकाशित: ४ आश्विन २०७२ ०८:१२ सोमबार