प्रवास

कतारमा उदयपुरे युवासहित दुई नेपालीको मृत्यु

उदयपु–वैदेशिक रोजगारीको सिलसिलामा गएका उदयपुरका एकसहित दुई नेपालीको कतारमा मृत्यु भएको छ। राति सुतेकै अवस्थामा उदयपुर बलम्ता गाविस– ९ का तुलसीराम राई र मोरङका जरिया चौधरीको मृत्यु भएको उदयपुर–कतार सेवा समाजले जनाएको छ।समाजका अध्यक्ष होमबहादुर बस्नेतका अनुसार ४० वर्षीय राई र २७ वर्षीय चौधरी दुवै शनिबार विहान कोठामा मृत फेला परेका थिए । शुक्रबार राति खाना आएर सकुशल सुतेका उनीहरु दुवै विहान मृत भेटिएको बस्नेतले बताए । राति ड्युटीबाट फर्केका उनीहरु खाना खाएर सँधै झैं सुतेकोमा विहान अवेरसम्म कोठा बाहिर ननिस्केपछि साथीहरुले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खवर गरेका थिए ।

सँगै रहेका साथी चन्द्र राईका अनुसार तुलसीराम विगत पाँच महिनाअघि मात्र कतार पुगेका थिए । चन्द्रका अनुसार त्यहाँको थाउजेण्ड रेन्टकार कम्पनीको स्कुल बसमा हेल्परमा कार्यरत तीन छोरी÷छोरीका बाबु राईका माहिला छोरा पनि वैदेशिक रोजगारीको सिलसिलामा कतारमै रहेका छन् । मृतक राईको शव स्थानीय हमाद अस्पतालमा राखिएको र आप्mनै छोरामार्फत नेपाल पठाउन कम्पनीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

डेढ महिनाअघि मात्रै कतार पुगेका चौधरी गल्फर अल मिस्नाद नामक कम्पनीमा हेल्फरमा कार्यरत रहेको बताइएको छ। उनी पनि बेलुका आफै खाना बनाएर खाई सुतेकोमा विहान मृत भेटिएको अध्यक्ष बस्नेतले बताएका छन् । एक नाबालक छोरीका बाबु चौधरी परिवारको कमाउने व्यक्ति नै उनी भएकाले उनकोे मृत्युले छोरी, श्रीमती आमाकोे बिच्चली बनाएको पारिवारिक स्रोतले जनाएको छ । कतारमै रहेका नातामा भिनाजु कृष्णलाल चौधरीले उनको शव पोस्टमास्टपछि नेपाल ल्याउने तयारी गरिरहेको समाजले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०७२ ००:०९ सोमबार