संघको उपाध्यक्षमा राष्ट्र राई, योग फगामी, हिराधन राई र दासु पाण्डे चयन भए। यस्तै महासचिवमा विजय लिङदेन, सहमहासचिब अर्जुन कटुवाल र दुई महिला उपाध्यक्षमा कुमारी गुरुङ, शान्ति थापा निर्विरोध भए। सचिवमा फडिन्द्र भट्टराई, कृष्ण तिवारी, बुद्धिराम थापा र प्रवक्तामा खुशी लिम्बू निर्विरोध भए । कोषाध्यक्षमा ललित न्यौपाने र दिपक कुमार श्रेष्ठ चयन भए।
यस्तै कार्यसमितिको सदस्यमा कृष्णप्रसाद छन्त्याल, मिलन गुरुङ, मीनबहादुर रानाभाट, पदम बिर्ख रावल, नारायण पौडेल गाउँले, राजेश पाठक, शालिकराम सापकोटा, सुरज मास्के र यमबहादुर घले चयन भए । यस्तै महिला संयोजक सुशीला राई, युवा संयोजक हरिकृष्ण आचार्य निर्विरोध भए भने च्यारिटी विभागको संयोजक सनत गुरुङ चुनिए । नवनिर्वाचित कार्यसमिति सदस्यले निर्वाचन समितिका प्रमुख डा. राघव धितालसँग सपथ लिएका थिए ।
यस्तै गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट गैरआवासीय नेपाली संघको केन्द्रीय समिति सदस्यमा संगीता मरहठ्टा, कृष्ण तिमल्सिना, सुष्मा राई र विश्वदीप तिगेलालाई प्रस्ताव गर्ने अधिवेशनले निर्णय गरेको छ।
यसअघि महाधिवेशनको उद्घाटन गैरआवासीय नेपाली संघ यूकेका संरक्षक प्रा.डा. सूर्य सुवेदी, एनआरएनए यूरोप संयोजक अर्जुन श्रेष्ठ र निर्वाचन समितिका संयोजक डा. राघव धितालले संयुक्त रुपमा गरेका थिए । अधिवेशनले संघको आर्थिक, वार्षिक र विधान प्रतिवेदनलाई संशोधानसहित पारित गरेको छ ।
गैरआवासीय नेपाली संघ यूकेको गत हप्तासम्म उम्मेदवार बीचको सहमति अनुरुप विधान संशोधन गरी केही पदमा पदस्थापन गरिएको थियो। अधिवेशनमा बेलायतस्थित राजनीतिक तथा सामाजिक संघसंस्थाले शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष महेन्द्र कंडेलको सभापतित्वमा सम्पन्न सभाको संचालन राजकुमार त्रिपाठी र डासु पाण्डेले गरेका थिए ।
प्रकाशित: २८ भाद्र २०७२ ००:२९ सोमबार