प्रवास

दर्शन रौनियारको नेतृत्वमा एमफोसी

काठमाडौं- अमेरिकी डेमोक्रेटीक पार्टीको तर्फबाट राजनीति गरेर चर्चा कमाएका नेपाली मूलका दर्शन रौनियारको नेतृत्वमा मुमेन्ट फर चेन्ज (एमफोसी) को कार्यसमिति गठन भएको छ। केही वर्षयता मुलुकका विभिन्न भागमा आर्थिक, राजनीतिक र राजनीतिक विकासका लागि सक्रिय रहँदै आएको एमफोसीले विधिवत रूपमा समिति गठन गरेको हो।
एमफोसी संयोजकमा रौनियार र सहसंयोजकमा आरके शाक्य रहेका छन्। केन्द्रीय सदस्यमा कमानसिंह लामा, पद्मिनी प्रधान, रामलाल श्रेष्ठ, अर्जुन राना, पुष्कर पौडेल, मेनुका राई, जमुना पुरी, हुमनाथ चालिसे, भुपेन्द्र पौडेल, केपी न्यौपाने, शुक्रबहादुर श्रेष्ठ, छायाचन्द्र भण्डारी, फिनु सिंह र गणेश बुढा छन्।

अर्जुन रानाको संयोजकत्वमा गठित युवा परिचालन उपसमितिमा गणेश बुढा, विक्रम चन्द, विवेक अर्याल, वीरेन्द्र शाही सदस्य छन्। पुष्कर पौडेलको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा आरके शाक्य, भवानी खड्का, भुपेन्द्र कँडेल र कमानसिंह लामा सदस्य छन्। छायाचन्द्र भण्डारीको संयोजकत्वमा रहेको सञ्चार उपसमिति सदस्यमा भुवन केसी र जेबी बिष्ट छन्। एमफोसी प्रवक्ताको जिम्मेवारी कमानसिंह लामालाई दिइएको छ।

प्रकाशित: ४ भाद्र २०७२ ०३:४७ शुक्रबार