'नेपालमा जसरी म दलित अभियानमा सक्रिय थिएँ, हङकङ आएपछि पनि झण्डै १५ वर्षदेखि सामाजिक काममा सक्रिय छु', सुनारले भने, 'हङकङ सरकारको सम्मानले मेरो सामाजिक काममा अझै गति थप्ने छ। 'हङकङ सरकारको 'जातीय सद्भाव प्रवर्द्धन कमिटी' मा रहेर दुई वर्ष काम गरेका सुनार सरकारको सहयोगमा सञ्चालन हुने 'नेपाली समुदाय सहयोग टिम' मा झण्डै दश वर्षदेखि सक्रिय छन्। सुनार हङकङको सरकार समर्थक राजनीतिक पार्टी डिएबिको 'अल्पसंख्यक कमिटी' सदस्य थिए।
काठमाडौँस्थित नेपाल ल क्याम्पसमा अध्ययन गर्ने क्रममा २०४६ सालदेखि नै स्वतन्त्र रुपमा दलित मुक्ति अभियानमा सक्रिय अशोक सुनार नेपालका रजिस्टर्ड अधिवक्ता हुन्। एक वर्ष रुपन्देही जिल्ला अदालतमा अधिवक्ताका रुपमा सक्रिय भएपछि हङकङ आएका सुनार अहिले यहाँ 'रजिस्टर्ड लयर' हुने तयारीमा हङकङ युनिभर्सिटि अन्तर्गत म्यान्चेष्टर युनिभर्सिटिको डिप्लोमा कोर्ष 'कमन ल एण्ड हङकङ ल सिस्टम' अध्ययनरत छन्। सुनार अध्यक्ष रहेको हङकङ नेपाली अल्पसंख्यक संगठनले भूकम्पपछि करिब साढे चार लाख राहत संकलन गरी पर्वतका दुई वटा गाविसका दलित समुदायमा वितरण गरेको थियो।
प्रकाशित: १६ असार २०७२ ०२:२१ बुधबार