साधारण सभाले उपाध्यक्षमा निरन मानन्धर, जनक बिष्ट, कान्छा तामाङ, महासचिवमा सन्तोष उदास, सचिवहरु प्रकाश अर्याल, रोशन थापा, इन्द्र टण्डन, कोषाध्यक्षमा वीरेन्द्र गुप्ता, प्रवक्तामा रोहित भान्गर चयन गरेको छ। त्यसैगरी युवा संयोजकमा प्रमोद खडका, मोनिका लोकेशलाई महिला संयोजक तोकेको छ भने सदस्यहरुमा रोहित शर्मा, कुलदीप पण्डित, गंगासागर श्रेष्ठ, खेम कुँवर, दिपेन्द्र यादव, प्रेम क्षेत्री, राधा तामाङ, मनिष दास, उपेन्द्र राय र उत्तम पौडेल चयन भएका छ।
त्यसैगरी संरक्षक परिषद्मा प्रमुख संरक्षक हिक्मत थापा, संरक्षककहरु संजीव क्षेत्री, विदुर घिमिरे, चिरन्जिबी रोक्का र बाबु शर्मा रहेका छन्। समितीको कार्यकाल तीन वर्षको हुनेछ।
सभामा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक हिक्मत थापाले एनसिसी नाइजेरियाले अफ्रिका महादेशमै अग्रणी भूमिका खेलेको नेपाल र नेपालीका लागि आफ्नो अभियान संचालन गरेकोमा खुशी ब्यक्त गरे। उनले भने 'थोरै संख्यामा नेपाली रहेको अफ्रीका महादेशमा एनआरएन नेपालीहरुका लागि साझा र भरपर्दो सन्जालको रुपमा स्थापना हुन् पुगेको छ।'
एनआरएन अन्तराष्ट्रिय समन्वय समितिका सदस्य संजीव क्षेत्रीले मातृभूमिलाई अप्ठ्यारो परेको बेला संस्थाले परदेशबाट सधै आफू सक्दो योगदान गर्नुपर्ने बताए। एनआरएन साधारणसभाले धरानस्थित सत्यसाई स्कुल र यस बर्षका सहयोग परियोजनाहरु भूकम्पपीडित क्षेत्रहरु सिन्धुपाल्चोक, रसुवा र काठमाडौँमा संचालन गर्ने निर्णय गरेको छ।
एनआरएन नाइजेरियाले हालसम्म ३० हजार अमेरिकी डलर (तीस लाख रुपैयाँ) नेपालका भूकम्पपीडितलाई एनआरएनए राहत कोषमा जम्मा गरेको छ।
प्रकाशित: २० जेष्ठ २०७२ ००:०४ बुधबार