प्रवास

अष्ट्रेलियामा अध्ययनरत चिकित्सकद्वारा भुकम्पपीडितलाइ सहयोग

काठमाडौं—अष्ट्रेलियामा अध्ययनरत नेपाली चिकित्सकले नेपालका भुकम्पपीडित बालबालिकाको राहत, उद्दार र पुनस्थापनका लागि करिव ६० हजार अष्ट्रेलियान डलर रकम संकलनगरी सहयोग गरेका छन्।

 

मेल्बर्नको अस्टिन हस्पिटलमा अध्ययनरत नेपाली चिकित्सकहरु डा विभुसाल थापा, डा रंजन सापकोटा, डा होसिम प्रसाईं थापाले संकलन गरेको रकम युनिसेफमार्फत् उपलब्ध गराएको थियो। चिकित्सकले थालेको एक हप्ते सहयोग संकलन कार्यक्रममा सोही अस्पतालका थोरासिक सर्जन डा. स्टिव बार्नेट लगायत सयभन्दा बढी डाक्टरहरुले सघाएका थिए ।

सो अभियानमा अन्य स्थानीय संस्थाहरुले सघाएको अभियानमा संलग्न मध्येका एक डा.सापकोटाले बताए।

प्रकाशित: १३ जेष्ठ २०७२ ०५:१४ बुधबार