प्रवास

एक लाख ७० हजार रुपैंया बोकेका नेपाली युवक मलेसियामा बेपत्ता

क्वालालाम्पुर(मलेसिया)– मलेसियाको एक नेपाली युवक बेपत्ता भएका छन्। बैकुन्ठे २ भोजपुरका शक्तिराम गेलाल करिब १ महिना अघिदेखि मलेसियाको सेलंगर राज्यमा पर्ने मेरुबाट बेपत्ता भएको उनका साथी शान्ति नेपालले जानकारी दिएका छन्।

नेपालका अनुसार गेलाल (चैत १६ गते) मार्च ३० घरमा पैसा पठाउन भन्दै कोठाबाट आइएमई मनि ट्रान्सफर गएका थिए। ६ हजार रिङ्गेट (करिब १ लाख ७० हजार रुपैंया) लिएर उनि कोठाबाट निस्केका थिए। तर, गेलाल फर्केर नआएको नेपालले बताए। उनले पैसाको बिनिमय दर कम भएपछि केही महिनादेखि पैसा घर नपठाई आफैसग राखेका थिए।

उनका अनुसार गेलाल बेपत्ता भएको जानकारी उनी कार्यरत कम्पनीलाई दिएपनि कम्पनीले खोजीमा चासेा देखाएको छैन्। गेलाल ५ वर्ष अघी बैदेशिक रोजगारीका लागि मलेसिया आएका थिए। मलेसिया हालसम्म धेरै नेपाली बेपत्ता भैसकेका छन्। बेपत्ता मध्य अधिकांशको अवस्था अज्ञात नै छ। केही भने यतै घरजम गरी बसेको अवस्थामा पनि भेटिने गरेका छन्। त्यसैगरी बेपत्ता भएकाहरु मृत अवस्थामा समेत भेटिने गर्छन्।

प्रकाशित: २४ वैशाख २०७२ ०३:०२ बिहीबार