प्रवास

सहज ढंगले यात्राअनुमति दिन प्रवासी नेपालीमञ्चको माग

क्वालालाम्पुर–नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च मलेसियाले घर फर्कन चहाने अवैधानिक नेपालीलाई सहज ढंगले यात्रा अनुमति पत्र दिन दुतावा सँग माग गरेको छ।दुतावासले घर जान चहाने अवैधानिक नेपाली कोपरासीबाट मात्रै जानपाउने बाध्यकारी नियम बनाए पछि मन्चले मंगलबार राजदुत नीरञ्जन मान सिंह बस्न्यातलाई ज्ञापन बुझाउदै एक तर्फी यात्रा अनुमती पत्र बितरणलाई सहजबनाउन माग गरेको हो। अध्यक्ष राजेन्द्रप्रसाद भण्डारी र महासचिव दयाराम कुमाल द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाली भएको प्रमाण पेश गरेपछि सहज रुपमा यात्रा अनुमति पत्र दिन माग गरिएको छ। नेपाली दुुुतावासाले लागत खर्च भन्दा करिब ४ सय रिङ्गेट,करिब ११ हजार रुपैया बढी तिरेर कोपरासीबाट मात्रै नेपाल जान पाउने बाध्यकारी नियम बनाए पछि मन्चले बोलपत्र आह्वान गरेर थोरै रकममा नेपाल जान सकिने व्यवस्था गर्न दुतावासलाई आग्रह गरेको छ।

यात्रा अनुमति पत्र वितरणमा दुतावासले बाध्यकारी निमय बनाएको खबर सार्वाजनिक भएकाले दुतावासलाई यात्रा अनुमति पत्र बितरणमा सहजता ल्याउन माग गर्दै ज्ञापन पत्र बुभाएको मन्चले जनाएको छ यस सम्बन्धी समाचार नागरिक न्युज डटकम र नागरिक दैनिकमा प्रकाशित भएको थियो।ज्ञापन पत्रबुझाउदै अध्यक्ष भण्डारीले यात्रा अनुमति पत्र लिन आउने नेपालीलाई बिना रोकतोक उपलब्ध गराउनमाग गरे। उनले राजदुत बस्न्यातलाई भने,'नेपालीभएको प्रम्ााण पेश गर्नेलाई सहज ढंगले एकतर्फी यात्रा अनुमति दिइयोस्। सहजै घर जान पाउनु पर्ने नागरिकको नैसंगिर्क अधिकार हो।'राजदुत अबैधानिक नेपालीलाई सहज रुपमा घर पठाउनका लागि केही दिनमै कोपरासीले लिने शुल्क घटाउने या बोलपत्र आह्वान गर्ने बारेमा निर्णय गर्ने जवाफ दिएका छन्।

प्रकाशित: ८ वैशाख २०७२ ०१:५१ मंगलबार