मलेसिया-दुई महिनादेखी बेपत्ता भएका एक नेपाली युवा मलेसियाको जेलमा भेटिएका छन्। मलेसियाको जोहोरबारुमा रहेको जेसिवाई कम्पनीमा कार्यरत धरानका सरोज बिष्ट यहाँको कुलुवाङ जेलमा भेटिएको नेपाली दुतावासले जनाएको छ।बिष्ट दुई महिना अघि घर जाने तयारी गरिरहेका बेला एकाएक बेपत्ता भएका थिए। सरोजका बुवा कृष्णकुमार बिष्टले छोरालाई कम्पनीकै उच्च ओहोदाकी महिलाले फेवरवरी ५ तारिखमा २ घण्टाका लागी भन्दै प्रहरीलाई जिम्मा लगाएको दावी गर्दै आएका थिए। तर, मलेसियाको नेपाली दुतावासले भने सरोजकाबारेमा केही पत्ता नलागेको जवाफ दिदै आएको थियो। आज सरोज मेलेसियाको कुलुवाङ जेलमा भेटिएको राजदुत नीरन्जनमान सिंह बस्न्यातले जानकारी दिएका छन्। के कारणले सरोजलाई पक्राउ गरिएको हो भन्ने बारे दुतावासले केही खुलाएको छैन। यसबारे यहाँको प्रहरीसँग जानकारी लिने दुतावासले जनाएको छ।
प्रकाशित: १ वैशाख २०७२ ०४:३३ मंगलबार