प्रवास

एनआरएनमा राजनैतिक र जातीय संस्थामाथि प्रतिबन्ध

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक दलका भ्रातृ संगठन, जातीय र धार्मिक संस्थामाथि प्रतिबन्ध लगाउने गरी नियमावाली संशोधन गरेको छ। एनआरएनको निर्वाचनसम्बन्धी संशोधित प्रावधान अनुरुप कुनै राजनैतिक, जातीय र धार्मिक संस्थामा संलग्न व्यक्तिले एनआरएनको कार्यकारी पदमा उम्मेद्वाार बन्न पाउने छैनन् ।एनआरएन महासचिव कुमार पन्तका अनुसार एनआरएनमा राजनीतिक दलको भ्रातृ संगठन, जातीय र धार्मिक संस्थामा आबद्ध व्यक्तिले एनआरएनको राष्ट्रिय (एनसीसी) वा अन्तर्राष्ट्रिय (आईसीसी) को कुनै पनि पदमा उम्मेरद्वा्र बन्न पाउने छैन् । यदि उनीहरुले एनआरएनको कार्यकारी पदमा उम्मेदवार बन्न चाहेमा आफू संलग्न भएको राजनीतिक दल, जातीय संगठन तथा धार्मिक संस्थाको आबद्धता त्यागेको प्रमाण पेश गर्नुपर्नेछ । महासचिव पन्तले दिएको जानकारी अनुसार गैरआवासीय नेपाली संघमा राजनीतिक, जातिय र धार्मिक संस्थाको हस्तक्षेप बढ्दै गएको भनी आलोचना हुन थालेपछि एनआरएनले पछिल्लो निर्णय गरेको हो । गैरआवासीय नेपाली संघका सल्लाकार तथा विधान समिति संयोजक हेमराज शर्माका अनुसार नयाँ निर्णयले गैरआवासीय नेपाली संघको राष्ट्रिय अधिवेशन प्रत्यक्ष वा अप्रत्यक्ष रुपले असर पर्ने बताए । विश्वभरका ७० देशमा गैरआवासीय नेपाली संघको सञ्जाल विस्तार भएको छ । यतिबेला ती देशको राष्ट्रिय अधिवेशन नजिक आइरहेको छ । 'राजनीतिक दल, जातीय वा धार्मिक संस्थाको कार्यकारी पदमा रहेर एनआरएनमा उम्मेद्वा र बन्न नपाईने प्रावधान यसअघि आचासँहिता थियो', विधान संशोधन संयोजक शर्माले भने, 'अहिले त्यही कुरा नियमावालीमा राखिएको छ ।' कुनै व्यक्ति राजनीतिक दल वा जातीय संस्थाको कार्यकारी पदमा रहेका बेला एनआरएनको कुनै पनि पदमा उम्मेद्वार बन्न नपाइने पुरानै नीति भएको प्रतिक्रिया शर्माले दिए । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको गैरआवासीय नेपाली संघको बैठकले दुई बर्षभन्दा कम विदेशमा बसेका र विद्यार्थीले एनआरएनको कुनै पनि निकायमा उम्मेद्वाोर बन्न नपाउने निर्णय गरेको हो । बैठकले गैरआवासीय नेपाली संघको ९ औं महाअधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । सो सम्मेलन सफल पार्न अध्यक्ष घलेको संयोजकत्वमा तयारी समितिसमेत गठन गर्ने निर्णय भएको छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिको सदस्यता शुल्क ३ डलरबाट बढाएर ५ डलर बनाइएको छ भने अन्तराष्ट्रिय सम्मेलनको दर्ता शुल्क १०० डलरबाट बढाएर १ सय ५० डलर तोकेको छ ।

प्रकाशित: २२ चैत्र २०७१ ०९:०१ आइतबार