क्वालालम्पुर(मलेसिया)— नेपाल फर्किने निर्धारित मितिभन्दा एक दिन अगाडि मोरङको केराबारीका सूर्यबहादुर बस्नेतले मलेसियामा आत्महत्या गरेका छन्।
मलेसियाको केपुङस्थित एक कोरियन रेष्टुरेन्टमा काम गर्दै आएका उनले आज बिहान होस्टेलमै झुन्डिएर आत्महत्या गरेका हुन्।
उनका साथी रसमान तामाङकाअनुसार रोग लागेपछि उनलाई कम्पनीले नेपाल फर्काउने तयारी गरेको थियो। उनी क्षयरोग पीडित थिए। भोलि बुधबार नेपाल जानका लागि उनले सबै तयारी पूरा गरिसकेका थिए।
क्षयरोग लागेको पुष्टि भएपछि उनलाई रेष्टुरेन्टले नेपाल पठाउँदै थियो। उनको शव अहिले पोष्टमार्टमका लागि यहाँको एक अस्पतालमा लगिएको छ। बस्नेत ५ बर्ष अघि मलेसिया आएका थिए।
प्रकाशित: ९ चैत्र २०७१ २३:४३ सोमबार