प्रवास

बुद्धको जन्मस्थलबारे रहेको भ्रम हटाउन अन्तर्क्रिया

बेल्जियम- गौतम बुद्धको जन्मस्थलका विषयमा कतिपय देशका पाठ्यपुस्तकमा भएका गलत जानकारीलाई सच्याउने तथा अन्तर्राष्ट्रिय मञ्चमा लुम्बिनीको प्रचारप्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले आगामी मे महिनामा राजधानी ब्रसेल्समा आगामी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले शान्ति र्‍याली गर्ने भएको छ।


मे महिनाको ४-५ मा ब्रसेल्समा आयोजना हुने २ दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन तथा विश्वस्तरको पिस र्‍यालीलाई लक्षित गर्दै आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो। अन्तर्क्रियमा वक्ताहरुले अन्तर्राष्ट्रिय सम्मेलनको आवश्यकता र महत्वको विषयमा स्पष्ट पारेका थिए।

वक्ताहरुले बुद्धको जन्मस्थल लुम्बिीनका विषयमा विश्वका कतिपय देशहरुमा गलत जानकारी भएका पाठ्यपुस्तक पढाउने गरिएको भन्दै त्यस्ता पाठ्यपुस्तक सच्याउने दबाा दिनुपर्ने बताएका थिए। उनीहरुले बुद्धको जन्मस्थलका विषयमा रहेको भ्रम हटाउन सकिए विश्वका जनतामुक्त हुँदै जाने बताए।

प्रकाशित: १३ माघ २०७१ ०७:३० मंगलबार