जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ। सोबापत एनआरएनले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ।
'हाम्रा साथीहरु एक वर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो' अध्यक्ष घलेले भने।
'एक महिनाभित्रै हामी शिलन्यास गर्ने तयारीमा छौं' अध्यक्ष घलेले भने–'भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने र थप रकम संकलन गर्ने कार्यलाई पनि तीब्रता दिन्छौं ।'
अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए। सोहीअनुसार उनको संयोजकत्वमा भवन निर्माण समिति गठन भइ विश्वका विभिन्न मुलुक रकम संकलन अभियान संचालन भइरहेका छन्।
भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ एनआरएनको काठमाडौंस्थित खातामा जम्मा भइसकेको छ।
करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाडौंको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत बढाउने गरी एनआरएनले भवन निर्माण गर्ने भएको छ।
प्रकाशित: २९ पुस २०७१ ०८:१६ मंगलबार