प्रवास

कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरिया– दक्षिण कोरियाको थेगुमा एक नेपालीको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिसका बिरामी सैरफ गुरुङको उपचारका क्रममा गए सोमबार राति मृत्यु भएको हो। केही महिनादेखि थेगु उइरोन अस्पतालमा उपचार गराइरहेका गुरुङको मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको शव अहिले अस्पतालमै छ। चितवन घर भएका गुरुङ थेगुको दासानस्थित सिंहान कम्पनीमा कार्यरत थिए। उपचारका लागि उनकी श्रीमती गोमा गुरुङ पनि कोरियामा आएकी थिइन। उनको शव नेपाल पठाउने तयारी छ। यसका लागि दूतावास तथा नेपालमा उनको परिवारको सदस्यलाई जानकारी पठाइसकिएको छ। नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले हस्पिटलबाट औपचारिक जानकारी आएको बताएका छन्। उनको शव नेपाल पठाउनेबारे गृहकार्य भइइरहेको पनि उनले जनाए।

प्रकाशित: १५ पुस २०७१ ०५:१३ मंगलबार