लण्डन- ब्रुनाइका सुल्तानको सुरक्षामा जागीर लगाईदिन्छु भन्दै ठगी गर्ने पूर्वगोर्खा सुदीप गुरुङलाई बुधबार बेलायतको एक अदालतमा पेस गरिएको छ। उनलाई पूर्वगोर्खाकै २५ हजार पाउन्ड ठगेकोलगायत अन्य आरोपसहित नर्थहेमटन मेजेस्ट्रीमा मुद्दा चलाइएको नर्थहृयाम्पटन क्रोनिकलको अनलाइन संकरणले जनाएको छ।
सुरुमा मित्रता गाँस्ने र विस्तारै आकर्षक जागीरको प्रलोभन देखाएर ठगी गर्ने, सीसीटीभीको लाइन्सेस दिलाइदने भनेर पेस्की रकम लिने लगायतका २२ वटा र मुद्रा अपचलनसम्बन्धी एक अभियोग ३३ वर्षीय गुरुङमाथि लगाइएको सरकारी वकिल म्याथु थोमसले जानकारी दिएका छन्। कतिपय गोरखाहरुले भने उनीमाथि बेलायत सरकारबाट उपलब्ध स्वास्थ्य क्षतिपूर्ति दिलाइनदिने भन्दै रकम उठाएको आरोप लगाएका छन्। अर्का एक पूर्वगोर्खालाई पेन्सन अफिसर बनाइदिने झुटा आश्वासन दिएर २ हजार पाउन्ड ठगेको आरोप पनि उनीमाथि छ। मेजिस्टेट कोर्टले उनको मुद्दा फैलाला नगरेपछि अब यो महिनाको अन्त्यमा नर्थ ह्याम्पटन क्राउन कोर्टमा लगिने भएको छ । उनलाई यसै वर्षको सुरुमा पक्राउ गरिएको हो।
प्रकाशित: २९ आश्विन २०७१ १२:३० बुधबार