प्रवास

क्यानडामा नेपाली पुस्तक विमोचन

काडमाडौं- साहित्यकार तोयनाथ पौडेलद्धारा लिखित उपन्यास 'सम्झौता' को क्यानडाको क्यालगरी शहरमा हालै विमोचन गरियो। क्यानडाका सभासद देभेन्दर सोरीले त्यहाँ रहेका नेपाली समुदायको उपस्थितिमा उक्त पुस्तकको विमोचन गरेको लेखक पौडेलले जानकारी दिए।सो अवसरमा सभासद सोरीले पुस्तक समाज विकासका आधार रहेको उल्लेख गर्दै नेपाली लेखकद्वारा लिखित पुस्तक विमोचन गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताए। लेखकको यो दोस्रो कृति हो। यसअघि उनले 'जीवन र सङ्घर्ष' नामक उपन्यास लेखेका थिए।

प्रकाशित: १४ आश्विन २०७१ ०७:२७ मंगलबार