प्रवास

जनसम्पर्क समिती जापानद्वारा बाढीपीडितलाई सहयोग

जापान—नेपाली कांग्रेसको विदेश स्थित शाखा संगठन नेपाली जनसम्पर्क समिति जापानले देशको विभिन्न भागमा आएको बाढी र पहिरो पीडित परिवारको लागि रु ६ लाख ८३ हजार जापानिज येन सहयोग प्रदान गरेको छ।प्राकृतिक बिपत्तीको बेला सधैंझै आफ्नो सामाजिक दायित्व अन्तर्गत नेपाली जनसम्पर्क समिती जापानले राहत तथा उद्दारको सो रकम जापान स्थित बिभिन्न पेशामा तथा यस संगठनमा आबद्ध लोकतन्त्रप्रेमी मित्रहरुबाट सहयोग रकम संकलन गरेको हो।

नेपाली जनसम्पर्क समिति जापानका सभापति नारायण सुबेदीले संकलित रकमलाई नेपाली कांग्रेस केन्द्रीय कार्यलयको बाढीपीडित सहयोग समिती को नाम मा रहेको नेपाल बैक लि. कुपोण्डोल को चल्ती खाता नं. ०१३५-११-००१००७५ मा जम्मा गरी पार्टीमार्फत् प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी जापान स्थित नेपाली राजदूताबासमा एक कार्यक्रमकआयोजना गरी संकलित रकम महामहिम राजदुत मदन कुमार भट्टराई लाई हस्तान्तरण गरेका थिए। राजदुत भट्टराईले सो रकम नेपाल पठाउन सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका अध्यक्ष तथा नेपाली जनसंपर्क समिती जापानका पूर्व सभापति तथा नेपाली काग्रेसका महासमिती सदस्य महेश कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

प्रकाशित: ८ आश्विन २०७१ ०३:४७ बुधबार