विशेष अतिथिका रुपमा निम्त्याइएका तिमल्सीना तथा मुख्य अतिथि महर्जनलाई उक्त अवसरमा संस्थाका सल्लहकार महेन्द्र श्रेष्ठले खादा ओडाएर स्वागत गरेका थिए। उक्त अवसरमा नेपालमा तेक्वान्दो खेलका विकासका बारेमा विस्तृत छलफल भएको आइतबार प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ।
भेलाले नेपालमा तेक्वान्दो खेलको विकासका लागि आवश्यक कदम चाल्न एक जुट भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तीमा जनाइएको छ । सूर्य पाठक र राजकुमार पन्डितले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रम सञ्चालनको जिम्मा राजेन्द्र श्रेष्ठले लिएका थिए।
श्रेष्ठको अध्यक्षतामा गठित १५ सदस्यीय कार्य समितिको उपाध्यक्षमा दुर्गा आचार्य छन् भने महा सचिवमा राजेन्द्र श्रेष्ठ छन् । त्यस्तै सचिव राम बास्तोला तथा कोषाध्यक्षमा बिना खडका छन् । कार्य समितिका सदस्य हरूमा गणेश जंग राणा, दिपक गौतम, लालबहादुर घिमिरे, दिपक भण्डारी, दिवाकर शाक्य, सुशिल थापा, नबिना थापा, रबिन श्रेष्ठ, याम थापा र राजीन कार्की छन् ।
प्रकाशित: ७ आश्विन २०७१ ०८:२८ मंगलबार