प्रवास

प्रधानमन्त्रीलाई ५ मिटरको ब्यानर

काठमाडौं— गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतको अगुवाईमा ५ हजार व्यक्तिको हस्ताक्षर भएको ५ मिटर लामो ब्यानर सहित प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ। कुवेत तथा खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा महिलाहरुलाई सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म पठाउन नहुने माग सहित ज्ञापनपत्र बुझाइएको हो।

 

हाल नेपाली घरेलु महिला कामदारहरु कुवेतमा आउन रोक लगाइएपछि कुवेतमा घरेलु महिला कामदारको अवस्था आमचासोको विषय हुन थालेको छ। यसले कुवेती स्पोन्सर र सरकारमाथि पनि दवाव पर्ने देखिएकोले यस परिस्थितिमा कुनै पनि बहानामा घरेलु महिला कामदारहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म श्रम स्वीकृति र भिसा प्रमाणीकरण खुला नगर्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ।

प्रकाशित: १९ भाद्र २०७१ ००:१४ बिहीबार