अनेससले तीजको अवसरमा 'दर खाने तथा शुभकामना आदानप्रदान' कार्यक्रमको आयोजना गरी १५ सय डलर भन्दा बढी रकम संकलन गरेको थियो। नर्थन् भर्जिनियाको मनासस शहरमा आयोजना गरिएको त्यस कार्यक्रमका सहभागीमध्ये ३६ जनाले सहयोग गरेका थिए। संस्थाका उपाध्यक्ष कमल भट्टराईले बाढी पीडितसमक्ष सिधै रकम पुर्याउने हेतुले नेपालस्थित हेल्प नेपालको नाममा पठाएको बताएका छन्।
यसैगरी, जनसम्पर्क समितिले, कार्यसमिति सदस्य तथा शुभेच्छुकबाट उठाएको १ लाख १ हजार रुपैयाँ बाढिपीडित नेपाली समुदायका निम्ति पठाएको जनाएको छ। समितिका सभापति रामशरण हुमागाइँले एक विज्ञप्ति प्रकाशित गर्दै सो रकम नेपाली कांग्रेसको बाढिपीडित केन्द्रीय सहयोग समितिको बैंक खातामा पठाएको जनाएका छन्। 'बाढिपहिरोको विपत्तीमा जनधन गुमाउने सबै जनाप्रति गहिरो दुःख प्रकट गर्दछौं,' विज्ञप्तिमा भनिएको छ– एउटा नेपालीलाई गाहेसारो पर्दा संसारको जुनसुकै कुनामा बसेको अर्को नेपालीको मन दुख्ने गर्छ । त्यसैले, यस प्राकृतिक प्रकोपको पीडाप्रति सहानुभुति र साथ दर्शाउने उद्देश्यले थोरै भए पनि रकम सहयोग गरेका छौं ।'
प्रकाशित: १७ भाद्र २०७१ ०७:२५ मंगलबार