प्रवास

एनआरएन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग

सिड्नी— गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले दुर्गम क्षेत्रका विद्यालयहरुमा पूर्वाधार विकारका लागि 'मेरो स्कुल अभियान' शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो सहयोग रोल्पा जिल्लाको गाम गाउँ वडा नम्वर ५ मा रहेका जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्न हुन लागेको हो।

 

एनआरएन अस्ट्रेलिया कार्यसमिति सदस्य सचिन्द्र थापाको ब्यक्तिगत ४ लाख सहयोगमा विद्यालयमक बेन्च, डेक्स र ब्लाक बोर्ड जस्ता पुर्वाधारहरु थप्न सहयोग हुन लागेको हो। दोस्रो चरणमा पुस्तकालय र प्रयोगशाला जस्ता पूर्वाधार थप गर्न सहयोग गरिने थापाले नागरिकन्युजलाई बताए।

करिब ५ सय विद्यार्थी अध्ययनरत यो विद्यायलमा आधारभुत पूर्वाधार नभएको खवर सामाजिक संजालहरुमा आएपछि थापाले विगत ५ वर्ष देखि थोरै थोरै गरेर जम्मा गरेको रकम जनता माध्यमिक विद्यालयलाई सहयोग गर्न गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको खातामा सोमवार जम्मा गरेका थिए। 'सिड्नीमा बस्ने नेपाली देस्रो पुस्ताले पनि नेपालको विकासमा हात बढाउन प्ररणा मिलोस भनेर यो सहयोग शुरु गरेका हुँ', थापाले भने, 'म जस्तै युवा पुस्ता मिलेर थप सहयोगका योजनाहरु ल्याउने छौं।'

एनअरएन अस्ट्रेलियाले विगत केही वर्ष देखि विद्यालयहरुमा पुस्ताकालय निर्माण, छात्रवृत्ति उपलब्ध गराएर शिक्षा क्षेत्रमा सहयोग गरिरहेको छ। अध्यक्ष महेन्द्र ओलीका अनुसार विद्ययालयहरुको स्तर उन्नति र दुर्गम भेगका विद्यर्थीको शिक्षामा सहज पहुच पुर्‍याउन यस्तो अभियान अन्य जिल्लाहरुमा पनि बढाइनेछ । ओलीले यो अभियानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेका छन्।

प्रकाशित: ६ श्रावण २०७१ ०२:३० मंगलबार