गाङयाङ– दक्षिण कोरियामा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। इपिएसमार्फत् २०१३ जनवरीमा कोरिया आएका चितवन खैरहनी ७ का राजेन्द्र चौधरी सोमबार बिहान मृत भेटिएका हुन्।
पशुको दाना बनाउने कम्पनीमा कार्यरत चौधरीको मृत्यु भएको गांगयाङ क्षेत्रको कोरिया प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले जनाए। उनका अनुसार घटनाबारे चौधरीको परिवारलाई परराष्ट्रमार्फत जानकारी पठाइएको छ।
आइतबार साँझ खाना खाएर कोठामा सुत्न गएका चौधरी बिहान मृत अवस्थामा पाइएको उनीसँगै कार्यरत सुनिल परियारले बताए। यो कम्पनीमा काम गर्नेमध्ये उनीहरू दुई मात्र नेपाली थिए।
प्रकाशित: २३ असार २०७१ ०६:२८ सोमबार