एक समाचारअनुसार जारी हिंसाका क्रममा गएराति बुद्धधर्माबलम्बी प्रदर्शनकारीहरुले गएराति एकजना प्रहरीको हत्या गरेका छन्। निशस्त्र सामुदायिक प्रहरीको हत्या भएको बताइएको छ। श्रीलङ्का सरकारले ती दुवै सहरमा सोमबार बिहानदेखि जारी गरेको कर्फ्यू आदेश पनि प्रभावहिन देखिएको छ। हिंसामा परी करिब ८० जना मुस्लिम समुदायका नागरिक गम्भीर रुपमा घाइते भएका छन्।
गएरातिमात्र पनि कम्तीमा एक दर्जन घरमा आगजनी गरिएको छ। सोही कारण कर्फ्यू जारी नै रहेको सरकारले जनाएको छ। हिंसाका कारण परिस्थिति नियन्त्रणबाहिर जाने देखिएपछि कर्फ्यू आदेश जारी गरिएको जानकारी श्रीलङ्काली न्यायमन्त्रीले जनाउनुभएको छ।
प्रकाशित: ३ असार २०७१ १९:४२ मंगलबार