प्रवास

सिड्नीमा बुद्ध जयन्ती

सिड्नी— १५ वटा नेपाली सामुदायिक संस्थाहरुले २५५८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरेर मनाएका छन्। सिड्नीको दक्षिण टेम्पे रिजर्भमा गएको आइतवार भएको बुद्ध जयन्ती कार्यक्रममा बुद्ध पुजा, ध्यान, फुटवल, भलिवल, छेलो हान्ने र म्युजिकल चेयर जस्ता खेलकुदका प्रतियोगिताहरु पनि भएका थिए।

उक्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले बुद्धका उपदेश दुख मुक्तिका कारण हुन् भन्दै, उहाँको ज्ञान आजको बदलिंदो परिस्थितिमा र विश्व शान्तिका लागि अपरिहार्य रहेको बतााए। न्यु साउथ वेल्सका माहावाण्ज्यि दुत दिपक खड्काले आधुनिक जीवनका लागि बुद्धका उपदेश मध्येको पञ्चशिल अतिनै उपयोगि भएको बताउंदै ब्यवहारमा उतार्नु पर्ने बताए। गैर आवसिय नेपाली संघका अध्यक्ष शेष घलेले जीवन एक सिकाइ भएको र बुद्ध जयन्ति को अवसरमा सबैले सरल जीवनका सुत्र सिक्न सक्नु पर्ने जोड दिए।

सञ्चारकर्मी भीमसेन सापकोटाले संचालन गरेको उक्त कार्यक्रमका संयोजक तथा बुद्ध दर्शन समिति र लुम्विनी कपिलवस्तु दिवस अभियानका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आपसी बन्धुत्व र भाइचाराका लागि यो पटकको बुद्ध जयन्ती उदाहरणीय रहेको बताए। तमाङ समाज न्यु साउथ वेल्सका अध्यक्ष अरुण तमाङले सहभागी सबैलाई स्वागत गर्दै विश्वजगतमा बुद्धको बारेमा गलत प्रचार भएको बारे ध्यानाकर्षण गराए। सो अवसरमा बुद्धको जीवनी सम्बन्धि फोटो प्रदर्शनि सँगै शान्ति र्याली पनि सन्चालन गरिएको थियो।

बुद्धकप यती क्लबलाई
बुद्ध जयन्तीकै अवसरमा सिड्नी र मेलवर्नका १८ वटा क्लवबीच फुटवल भएको फुटबल प्रतियोगिताको उपाधि मेलवर्नको यति क्लबले जितेको छ। सिड्नीको माछापुच्छ्रे क्लबलाई हराउँदै यतिले यो उपाधी जितेको हो। यस्तै सिड्नीमा सक्रिय आठवटा क्लवबीच भएको भलिबल प्रतियोगितामा जलजला क्लव पहिलो र बाग्लुङ दोस्रो भएको । कार्यक्रममा सिड्नकका नेपाली समुदायको बाक्लो उपस्थिति सहेको थियो ।

सञ्चारकार्मी सम्मानित
बुद्धको जन्मस्थल र बुद्धको ज्ञानको प्रचारप्रसार गर्न सहयोग गरेको मा सिड्नीमा सक्रिय संचर माध्याम र संचारकर्मी सम्मानित भएका छन्। अस्ट्रेलियाको नेपाली पत्रका सम्पादक ऋषि आचार्य, नेपाली टाईम्सका सम्पादक सुजित सिग्देल, अस नेपाल न्युज र एम एन टिभिका सम्पादक भिमसेन सापकोटालाई शान्ति र बुद्धका वारेमा समाचार सम्प्रेषण गरे वापत सन्चार अवार्ड प्रदान् गरिएको हो । राजदुत रुद्रकुमार नेपालले सो अवार्ड हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा तमु समाजका पूर्व अध्यक्ष प्रेम गुरुङले तयार पार्नु भएको गीति संगहको एनआरन अध्यक्ष शेष घलेले विमोचन गरेका थिए । यो संग्रहमा गुरुङले आफ्नो जन्म स्थलको बारेमा लेखेका छन् ।

प्रकाशित: ६ जेष्ठ २०७१ ०८:१४ मंगलबार