नयाँ दिल्ली- भारतमा भएको लोकसभा चुनावको मतगणना सुरु भएको छ। कूल ५ सय ४३ सिटका लागि अप्रिल ७ (चैत २३) गतेदेखि मे १२ (वैशाख २८) सम्म ९ चरणमा भएको मत परिणाम आज सार्वजनिक हुँदैछ। पछिल्लो मत परिणामअनुसार नरेन्द्र मोदीको भारतीय जनता पार्टीले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। ५ सय ३६ सिटको गणनामध्ये ३२० क्षेत्रमा मोदीले अग्रता लिएका छन्। राहुल गान्धी ७५, अन्य पार्टी १३८ र केजरिवालको आम आदमीले ३ क्षेत्रमा अग्रता लिएका छन्।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार ८१ करोड ४० लाख मतदातामध्ये ५१ करोडभन्दा बढी भारतीय मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए। कूल सिटमध्ये २७२ सिट ल्याउने पार्टीले भारतमा सरकार बनाउनेछ। लोक सभामा थप दुई सिट मनोनित गरिन्छ।
प्रकाशित: १ जेष्ठ २०७१ २१:४० बिहीबार