आंकारा (एजेन्सी)- पश्चिम टर्कीको सोमा सहरमा रहेको कोइलाखानी विस्फोट पछि भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ सय १ पुगेको छ। मंलवार भएको विस्फोटमा २ सय १ मृत्यु र ८० जना मजदूर घाइते भएको टर्कीका उर्जामन्त्री तनिर यिलदिजलाई उद्दत गर्दै एजेन्सीहरुले जनाएका छन्। उनका अनुसार अझैं २ लगभग २ सय जना जमिन मुनी फसिरहेको र अन्यलाई सकुसल उद्दार गरिएको छ। विस्फोटको समयमा खानी भित्र ७ सय ८७ जना मजदूर थिए।थप:http://www.nagariknews.com/main-story/story/17987
प्रकाशित: ३० वैशाख २०७१ २२:१५ मंगलबार