प्रवास

माओवादी आक्रमणमा ७ प्रहरीको मृत्यु

नागपुर (भारत)- महाराष्ट्रको गढचिरोली जिल्लामा माओवादीले थापेको एम्बुसमा परी सात प्रहरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार बिहान ९.४० बजे जंगलको बाटोबाट गइरहेको प्रहरी टोली माओवादी धरापमा परेको हो। स्पेसलाइज्ड सी ६० एन्टी नक्सल अपरेसन फोर्सका सुरक्षाकर्मीहरु विस्फोटमा मारिएका हुन्।


घाइतेहरुलाई हवाईसेवा मार्फत नागपुर लगिएको छ भने घटनास्थल भएको क्षेत्रमा सुरक्षाकर्मीको परिचालन गरिएको प्रहरीले जनाएको छ।


विस्फोटपछि प्रहरी र विद्रोहीबीच केही समय गोली हानाहानसमेत भएको थियो।

प्रकाशित: २८ वैशाख २०७१ ०५:११ आइतबार