प्रवास

चीनमा पाँच अधिकारवादी पक्राउ

बेइजिङ, (रोयटर्स)– चीनमा मंगलबार पाँच जना अधिकारवादी कार्यकर्ता पक्राउ गरिएको छ। सन् १९८९ जुन ४ मा राजधानी बेइजिङस्थित तियानमेन चोकमा भएको आन्दोलन दबाएको २५ वर्ष पुग्न लागेका बेलामा पक्राउ परेकामध्ये तीन जना वकिल र एक जना अधिकारवादी छन्।

प्रजातन्त्र वहालीको माग गर्दै भएको उक्त आन्दोलनमा भएको दमनको छानबिन गर्न उनीहरूले गए साताको अन्त्यमा सरकारसँग आग्रह गरेका थिए। 

पक्राउ परेका वकिल पू झिकियाङ, लिऊ दी र प्राध्यापक सू योयू छन्। यसै गरी पक्राउ पर्नेमा हू सिजेन र हाओ जियान पनि छन्। उनीहरू कसैलाई पनि पक्राउ पुर्जी नदिइएको उनीहरूका परिवारले बताएका छन्।

प्रकाशित: २३ वैशाख २०७१ २१:४८ मंगलबार