उक्त बैठक त्यहाँको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। बैठक उक्त घटनाप्रति दुःख व्यक्त गर्नकै लागि आयोजना गरिएको थियो।
‘मैले यस्तो अवस्थामा कसरी क्षमायाचना गरूँ कि हामीले उक्त फेरि दुर्घटना रोक्नका लागि आवश्यक मापदण्ड अपनाउन सकेनौं र दुर्घटनापछि पनि त्यसमा परेका आफन्तको पीडा कम गर्न सकेका छैनौं,' राष्ट्रपतिले बैठकमा भनिन्।
उनले यस्ता प्रकारका ठूला दुर्घटनाको नियन्त्रणका लागि सरकारले एक विशेष खालको एजेन्सी स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
दक्षिण कोरियाको समुद्रमा गत अप्रिल १६ मा डुंगा डुब्दा कम्तीमा १ सय ८८ जनाको ज्यान गएको छ।
दक्षिण कोरियाको सरकारले गत ६० घन्टायता निरन्तर विश्ोष खोजी अभियान सुरु गरेको थियो। तर, उक्त अभियानबाट पनि हराएका व्यक्ति पत्ता लाग्न नसकेको बताइएको छ।
शव अब दक्षिण कोरियामा नभेटिने र चीन तथा जापानको सामुद्रिक किनारामा पुगेको अनुमान गरिएपछि दक्षिण कोरिया सरकारले सोमबार दुई छिमेकी मुलुक चीन र जापानलाई सहयोगको आग्रह आग्रह गरेको थियो।
उक्त डुंगामा ४ सय ७६ यात्रु थिए। कतिपयलाई त्यही दिन उद्धार गरिएको थियो। १ सय १४ जना भने अझै हराइरहेका छन्। विभिन्न अत्याधुनिक प्रविधि र विधिको प्रयोग गरी खोजी अभियानलाई जारी राखिएको छ। निकै प्रयास गर्दा पनि हराइरहेका व्यक्तिको अझै पत्ता लाग्न नसकेको सरकारले जनाएको छ।
प्रकाशित: १६ वैशाख २०७१ २०:५५ मंगलबार