प्रवास

क्यानडामा नयाँ बर्ष मनाइयो

काठमाडौं-क्यानडाको ग्रेटर टोरोण्टो क्षेत्रमा नेपाली नयाँ वर्ष मनाइएको छ। जिटिए क्षेत्रको मिमिसागामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सो क्षेत्रमा बसोवास गर्ने नेपालीहरु उपस्थित भएका थिए।


कार्यक्रममा गायक धिरज राईले 'बुद्ध नेपालमा जन्मेका हुन्' भन्ने गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका थिए। त्यस्तै उनले एकोहोरो माया, मिस्टेरियस गर्ल लगायतका गितले दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए। लोक गायीका सुनीता दुलालले लोक तथा दोहरी गीत प्रस्तुत गरेकि थिईन। कार्यक्रममा व्राम्टन क्षेत्रका सांसद प्राम गिलले नेपालीहरुलाई नयाँ वर्षको शुभकामना प्रदान गर्दै क्यानडामा रहेको नेपाली समुदायलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जनजाति एसोसिएसन क्यानडाले आयोजना गरेको कार्यक्रममा गायक यादी याक्थुम्वाको दोस्रो थिति एल्बम 'सम्झौता' को लोकार्पण गरिएको थियो।

प्रकाशित: ४ वैशाख २०७१ ०८:०३ बिहीबार