प्रवास

डेनमार्कमा नेपालीबीच पुल प्रतियोगिता

कोपनहेगन-डेनमार्कमा बस्ने नेपालीबीच पुल प्रतियोगिता सम्पन्न भएको छ। तीन दर्जन प्रतिस्पर्धीबीच लिग कम नकाउटको आधारमा खेलाइएको उक्त प्रतियोगितामा सूर्य थापाले प्रथम स्थान हासिल गरे। प्रतियोगितामा अतित बुद्धाचार्य दोस्रो र शिव केसी तेस्रो भए।


फाइनल पुगेका दुई प्रतिस्पर्धीबीच बेस्ट अफ फाइभको सेट खेलाइएको थियो। यसमा थापाले ३ र बुद्धाचार्यले एक सेट जितेका थिए। नेपालीहरुको व्यापक सहभागिता रहेको प्रतियोगिता कोपनहेगनको अस्ट्रेलियन बारमा भएको थियो। नेप–हालि ग्रुपले आयोजना गरेको प्रतियोगिताको ट्रफी अस्ट्रेलियन बारले नै प्रायोजना गरेको थियो।

५० जनाले प्रतिस्पर्धाको लागि नाम दर्ता गरे पनि ३६ जनामात्र मैदानमा उत्रेको ग्रुप संयोजकद्वय कृष्ण गिरी र पवन पाण्डेले बताए। आयोजकहरुलाई प्रतियोगिता सञ्चालन गर्न स्वयंसेवकहरु राज श्रेष्ठ, असिम भण्डारी र राजु गिरीले सहयोग गरेका थिए। प्रायः चिसो मौसम रहने डेनमार्कमा इन्डोर गेम पुल युवाबीच निकै लोकप्रिय छ। नेपाली पनि यसमा उत्तिकै आकर्षित हुन्छन्।

प्रकाशित: २९ चैत्र २०७० ०४:४४ शनिबार