प्रवास

उद्यमशीलता देश निर्माणमा उपयोग गरौँ : अर्थमन्त्री

बेल्जियम– अर्थमन्त्री रामशरण महतले आफ्नो उद्यमशीलता, सिर्जनशीलता र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न बेल्जियममा रहेका नेपाली एवं व्यवसायीहरुलाई आग्रह गरेका छन्। बेल्जियममा रहेका अर्थमन्त्री महत आन्टोर्पमा गैरआवासीय संघ तथा नेपाली व्यावसायी संघ वेल्जियमले आयोजना गरेको कार्यक्रममा बोल्दै थिए ।
'नेपालमा श्रोत र साधनको प्रचुर सम्भावना छ तर उपयोग प्रभावकारी हुन सकेको छैन,' उनले भने, 'कृषिको व्यावसायीकरण, पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विकास र विस्तार तथा पर्यटन क्षेत्रको तीव्र विकासबाट मात्र मुलुक समृद्धशाली हुन सक्ने भएकोले यसका लागि हाम्रो संस्कार र संस्कृतिलाई रुपान्तरण गर्दै सडक, उद्योग तथा विकास आयोजनालाई शान्तपूर्वक चल्ने वातावरण वनाउनु पर्ने आवश्यक छ।'
लगानीमैत्री वातावरण सिर्जना, दक्षतामुलक लगानी एवं निजी क्षेत्रलाई विकासको संवाहकको रुपमा अगाडि बढाउन नेपाली कांग्रेस विगतदेखि नै प्रतिबद्ध रहेको उनले उल्लेख गरे । उक्त अवसरमा गैरआवासीय संघका अध्यक्ष प्रेम गुरुङ गैरआवासीय नेपालीका समस्याबारे अर्थमन्त्री महतलाई जानकारी गराएका थिए।

प्रकाशित: ८ चैत्र २०७० ०१:१९ शनिबार