प्रवास

केजरीवाल मोदीविरुद्ध लड्ने

बैंगलोर– आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका दाबेदार नरेन्द्र मोदीसँग भिड्ने भएका छन्। लोकसभा चुनावका लागि भारतीय जनता पार्टीले शनिबार मात्रै उम्मेदवारहरुको घोषणा गरेको थियो। जसअनुसार मोदी वारणसी क्षेत्रबाट मैदानमा हुनेछन्।
'भाजपाका नरेन्द्र मोहीलाई हराउनु छ। पार्टीमा आज यसबारे छलफल भएको छ,' केजरीवालले सडक प्रदर्शनका क्रममा आइतबार बैंगलोरमा भने, ‘पार्टीले मोदीविरुद्ध मैले चुनाव लड्नुपर्ने निर्णय गरेको छ।'
उनले अगाडि भने, 'म जान्दछु यो ठूलो चुनौती हो तर मलाई यो स्वीकार छ।' पार्टीले वनारसबाट टिकट दिएको उनले बताएका छन्। यद्यपि उनले चुनावी मैदानबाट फुत्कने बाटो भने खुलै राखेका छन्। मार्च २३ मा वनारसमा एक र्‍यालीको आयोजना गरी पार्टीले यसबारे जनताको राय संकलन गर्नेछ। जनता पनि यही चाहे भने मात्रै उनी चुनावी मैदानमा उत्रनेछन्।

प्रकाशित: २ चैत्र २०७० ०६:५८ आइतबार