प्रवास

जनसम्पर्क समितिको यूटा साल्टलेक च्याप्टर गठन

टेक्सस-नेपाली जनसम्पर्क समितिले अमेरिका विभिन्न राज्यहरुमा स्थानीय च्याप्टरको अधिवेशन तीब्रताका साथ गरेको छ।समितिको अस्टिन टेक्सास, मेनीसोटा,सिकागो ,फ्लोरिडा ,कनेक्टिकट ,यूटा मा गरि थप ६ नयाँ च्याप्टर गठन भएका छन्। नेपाली जनसम्पर्क समितिले अमेरिका भरि २५ भन्दा बढी च्याप्टर बनाउने योजना बनाएको छl

समितिका सस्थापक महासचिव कृष्ण लामिछाने को सुपरिवेक्षण र बिप्लव लामिछाने को संयोजकत्व मा १० सदस्यीय नेपाली जनसम्पर्क समिति अमेरिका, उताह च्याप्टर अधिवेसन तयारी समिति गठन भएको छ।

जसको सदस्यमा नरेश सिंखडा,विनोद पौडेल.प्रिया रन्जन दाहाल, अन्जन लामिछाने,विनय मल्ल,रूपेश बाबु भट्ट,हरीराम घिमिरे,सुजता भट्ट लामिछाने र यदु कृष्ण आपगाई रहेका छन्।

प्रकाशित: १ चैत्र २०७० २३:५४ शनिबार