परदेशमा रक्तदान व्यापक बन्दै गएको अवस्था र नेपालमा रक्तदानलाई अझ उत्प्रेरणा गर्ने हेतुले कार्यक्रम संचालन गर्न लागिएको बिज्ञप्ति मार्फत संस्थाका अधक्ष्य अर्जुन मैनालीले जानकारी गराएका छन्। नेपालमा रक्तदाताहरूलाई प्रोत्साहन र उत्प्रेरणा गराउन ४ जनालाई दामासाहीले रू एक लाखको नगद पुरस्कारको व्यवस्था गरिने भएको छ। नेपाल रेडक्रस रक्त सञ्चार सेवासँग समन्वय गरी २०७१ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म रक्तदान गर्नेहरूबाट चयन गरि उक्त पुरस्कारले सम्मान गरिने भएको छ।
प्रकाशित: २५ माघ २०७० २३:०१ शनिबार