नयाँ दिल्ली– पश्चिम भारतीय राज्य महाराष्ट्रमा सुविधासम्पन्न बसमा बुधबार सबेरै आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ। महाराष्ट्रको कुडे गाउँमा स्थानीय समयअनुसार बिहान करिब २ बजे सो घटना भएको हो।
विपरीत दिशाबाट आइरहेको डिजेलको ट्यांकरसँग सो बस ठोक्किएपछि आगलागी भएको थियो। दुर्घटनामा अन्य १४ घाइते छन्। उनीहरूलाई नजिकैको अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्ने सक्ने प्रहरीको अनुमान छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सो बस पुणे सहरबाट अहमदाबाद गइरहेको थियो।
प्रकाशित: १५ माघ २०७० ०३:४० बुधबार