गोठमा ९० वटा गाइहरु थिए जसले ठूलो परिणाममा मिथेन ग्यास उत्पादन गरेका थिए।
समाचार संस्था रोयटर्सले जनाएअनुासर गाईको पादमा 'स्टेटिक इलेक्ट्रिक चार्ज' हुँदा ग्यास विस्फोट भएको थियो। आकस्मिक सेवाले तत्काल स्थितिलाई नियन्त्रणमा लिएकाले थप क्षति हुन पाएन । स्थानीय मिडियाले जनाएअनुसार ग्यास प्रवाहलाई सहज बनाइएको छ। एउटा गाईले ५ सय लिटर मिथेन ग्यास उत्पादन गर्नसक्ने बताइएको छ।
प्रकाशित: १४ माघ २०७० २२:३२ मंगलबार