काठमाडौं– कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली कामदारलाई फेब्रुअरी १ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)का लागि दरखास्त दिन आग्रह गरेको छ। हालः प्रचलनमा रहेको हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ देखि प्रयोग गर्न नसकिने भएकाले एमआरपी लिन दूतावासले आग्रह गरेको हो। हस्तलिखित राहदानीमा २०१५ पछिको म्याद भए पनि प्रयोग गर्ने नमिल्ने भन्दै एमआरपीका लागि दरखास्त दिन उसले आग्रह गरेको हो।
हाल एमआरपी बनाउन नेपालबाट समय लाग्ने भएकाले दूतावासमै दरखास्त फारम बुझाउन सूचना गरेको छ।
प्रकाशित: १३ माघ २०७० २२:०७ सोमबार