प्रवास

सम्पादकमाथि भएको आक्रमणको निन्दा

कोपनहेगन– डेनमार्कमा रहेका नेपाली सञ्चारकर्मीले नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानमाथि भएको आक्रमणको निन्दा गरेका छन्। पत्रकारहरु शशि ढकाल, सरस्वती कार्की र प्रकाश ढकालले बुधबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमाथि अज्ञात समूहले गरेको आक्रमणको घटनाप्रति गम्भीर आपत्ति जनाएका हुन्।

'यस अमानवीय कार्यलाई हामी कायरताको संज्ञा दिन चाहन्छौं,' विज्ञप्तीमा भनिएको छ। कसैसँग समस्या भए बसेर छलफल गर्नुको साटो आक्रमणमा उत्रनु निन्दनीय कार्य भएकाले आक्रमणकारीलाई यथासक्य चाँडो कानुनी कठघरामा उभ्याउन हामी प्रवासबाट अपिल गर्छौं।'
बानेश्वरको भीमसेनगोलामार्गमा मंगलबार साँझ प्रधान चढेको बा५च ३९५९ नम्बरको कारमा तीन–चारवटा मोटरसाइकलमा आएका व्यक्तिले तरबार, रड र लाठीले आक्रमण गरेका थिए।

प्रकाशित: २५ पुस २०७० ०७:०१ बिहीबार