मुम्बई - भारतको मुम्बई - देहरादुन एक्सप्रेसमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ। बुधबार थाने जिल्लाको दहनु रोड नजिकै रेलको तीन कोचमा आगो लागेको थियो। मारिनेमा एक महिला र चार पुरुष रहेको पहिचान भएपनि अन्यको पहिचान हुन सकेको छैन। घटनामा चारजना सामान्य घाइते भएका छन्। घटना के कारण भयो खुलेको छैन।