नेपाली दूतावासको शरणमा आइपुगेका सबै जसो महिलाहरुको एउटै कथा व्यथा छ– “मालिकले समयमा तलब नदिई उल्टै शाररीक र मानसिक यातना दिएका कारण विभिन्न उपाय गरेर भागेर राजदूतावासको शरणमा आएका हौं।” त्यहाँ रहेका महिलाहरु मध्ये ४२ जनालाई भारतीयभूमि हुँदै साउदी अरब ल्याइएका छन्। त्यसैगरी कुवेतबाट बेचिएर साउदी अरब ल्याइएका ८ जना महिला रहेका छन्। ३ जना महिला भने नेपाली मूलका भारतीय महिला रहेका छन्, उनीहरु नेपाली राहदानीमा भारतीय भूमि बाटै साउदी अरब ल्याइएका हुन्। एक नेपाली महिलाले भने साउदी अरबस्थित एक पोलिक्लिनिकले सम्झौता अवधि समाप्त भइसक्दा पनि घर फर्कन नदिएकाले घर फर्कन दूतावासको शरणमा आएको बताइन्।
त्यहाँ रहेका कतिपय महिलाहरु आर्थिक अभावका कारण हवाई टिकट किनेर स्वदेश फर्कन नसक्दा उद्धारको पर्खाईमा रहेका छन्।
प्रकाशित: १० कार्तिक २०७० २१:१६ आइतबार